January 23, 2022
डा. नविनबन्धु पहाडी (दाहाल)
No comments
कहरहरुकाे वकपत्र
हराउनेहरुकाे लस्करमा
लामबध्द जीवनहीन अजीवनकाे जङ्गल
पीडानत अाहट चिच्याइरहन्छ हरपल
बस्ददाबस्दै बास
अनागरिक भैरहनुकाे कहर सिंहदरवारले
अखबारबाट सुन्छ अनन्दसाथ बार्दलीबाट
दुताबासकाे झ्यालमा
चियाइरहने राताे पासपोर्टका व्यापारी
सुटुक्क छिर्छ जस्केलाबाट
र उधिन्छ कानुनका भकारीमा
बिस्तारै जीर्ण कखहरा मैलिदै गएका खाेसेल्टाहरुमा
अर्थादेश भएका अप्रभंश व्याख्यानले डामेकाे समय
उकुच पल्टिँदै गएकाे छ मुटुभित्र घाउ
सङ्क्रमणले गन्हाएकाे चिनीमिलकाे दुर्गन्धमा
श्मसानकाे हरक र कङ्काल राेइरहेकाे छ किसान
पछ्याइरहेकाे पन्छाइनसक्नु
यातनाकाे पहाडमाथि शान्त अाकाशमा
झम्टा मार्दामार्दै परेवाकाे रक्तवर्षा गर्ने बाज
सप्रिदाे वर्तमान उभ्भिएर
वकपत्रमा दस्तखत गर्दैछु श्रीमान्
भिखारीकाे झाेलीमा पन्साइएकाे न्याय
वनझाँक्री मन्साएकाे कुखुराकाे चल्लाले
खाेस्रदैछ पत्करहरुमा सर्वाेच्च इजलास
मुर्दाघर पेटीबाट
बेवारिस लासकाे कफनमा
लेखिएकाे फैसला पढेर
धुकधुकी अल्झिरहेकाे
मेराे पाइताला टेकेर भविष्य अझै
खाेतल्दै छ सपना
अस्पतालहरुकाे टिकटघरकाेे बन्द दरबाजाबाट
सुख्खाफाँटमा मुर्झाइरहेकाे गहुका फेदबाट
चेपिदै गएका सिमानामा शिर निहुराउँदै
बन्दुक लुकाइरहेका सिपाहीका हृदयबाट
र सुदुर सपनाकाे मलामी हररात
मर्दै बाँच्दै गरेकी नवयाैवनाकाे अासुले
देशमा अनारिक हुनुकाे वकपत्र
कहरहरुकै भाषामा
दस्तखत गर्नुछ अाजदेखि
MR: EDITOR
Related Posts
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment