प्रिय मित्र
भाे मलाई दु:ख नदेऊ !मलाई मैजस्ताे बाँच्न देऊ
किनकि म अफूमात्र हुनुछ
हिजाे तिमी मजस्तै थियाे
र भुटेका मकै बाढेरै खायाै
मेरै काेट लगाएर ससुराल गयाैं
एउटै चक्लेट फुटालेर पनि खायाैं
एउटै अाेछ्यानमा निद्रा बाेलायाैं
तिम्राे घरका उल्झनले चिमाेटिएका दिल
अझ घाइते छन्
तिम्रा सन्ताका खुशीमा
उदाएकाे मेराे मुटुकाे सूर्य
अझै अस्ताएकाे छैन
तिमीमा चढेकाे उच्चताकाे तापले
सेकिएका छन् हर धराका कण कण ।
र त टेकेकाे जमिन बिर्सिएका छाै
तिम्रा अासपास त्राशदीयता प्रेतहरु
तिम्रा अाेरपर बद्नामहरुकाे दुर्गन्धित हरक
तिमीलाई मिठाे बास्ना अाइरहेछ
प्रिय तिम्रा अासेपासेका दलाली
नजरले मलाई पनि हेरेका छाै
तिनका उल्क्याहटमा मेरा हाँमा हाँ मिलाएर
मेरा खिसिट्युरीमा पनि रमाएका छाै
हाे मेरा विफलतामा ह्विस्की पनि फुटेछन्
म अक्षरहरुसँग रमाउँदा
तिम्रा अनुहार राताेपिराे हुन्छन्
म ब्रिफकेस बाेकेर करछुटमा
तिम्राे ढाेका ढाेका जान सक्दिन
तिमीलाई पहिरिदिन
मसँग हिराका हार छैनन्
याेजनाका कमिशनमा
म तिम्रा थैली भरिदिन सक्दिन
भैगाे म तिम्राे दैलाे भन्दा परै रहुँला
जतिबेलासम्म तिमी चिल्लाे कारमा कुद्छाै
चाटुकारका दलाली पञ्जामा कैद हुन्छौं
सरकारी हण्डीकाे चुरिफुरीमा हुन्छौं
म परै बसुँला , तिमी उध्राइरहनू
।
सम्झ प्रिय मित्र !
सत्ता तिम्राे बपाैती पनि हाेइन
तिम्री श्रीमतीकाे पेवा र दाइजाे पनि हाेइन
एकदिन अाेर्लने छाै कुर्सीबाट
र हिड्ने छाै मैलेजस्तै पैतालेले याे धर्तीमा
र देख्नेछु
तिमीलाई प्रत्येक कणकणले
खकारिरहेका
हकारिरहेका
मित्र म त्यसबेला साथ दिउँला
अहिले मलाई मै हुन देऊ
म मैभएर बाच्नेछु
तिम्रा दुर्गन्धित डकार भन्दा धेरै टाढा
तिम्रा दलाली एजेन्ट भन्दा पर
म मै भएर रहनु छ
मलाई बाँच्न देऊ । ।।।
0 comments:
Post a Comment