बन्दी डा.नवीबन्धु पहाडी

 माता र पिता

बिज र बियाड
धर्ती र आकाश
सम्मिलनकाे सुन्दरता
जीवनका बाँध्ने दाम्लाे
प्यार,स्नेहकाे पयाे
बाँधिएकाे किला
जहाँबाट उप्कन
सायद मृत्यु पर्खनुपर्छ ।
----------
उभारकाे ज्वालाभित्र
भेटिएका जाेर आँखाका तीरबाट
जन्मिदाे ब्रम्हपास
घिसारिंने दाम्लाहरु
आफैंबाट उम्रिंदै गएपछि
थपिंदै थपिंदै गए सन्तानका पयाेहरु
कस्सिँदै कस्सिदै गए जुइनाहरु 
र दाम्लाे मात्रै बाक्लिएन छाेट्टिँदै पनि रह्याे
यात्राकाे  समय र गन्तब्य
-------------
पर्खिबस्दाे याम
छिनाल्दाे रहेछ उमेरकाे पयाे
जीवनकाे आलाेक र चहक निभाउँदै
असङ्ख्य अदृश्य किटहरुका जुलुस
काट्न थाल्छन् दाम्लाहरु
दंशित पीडाका ज्वारभाटा
र स्वतन्त्रताकाे उन्मेष
उखल्छ बिस्तार बिस्तार
उन्मुक्ति अन्तिम प्रहर
घिसार्छ मृत्यका साङ्लाहरुले
मर्दैन सायद स्वतन्त्रताका गगनभेदी नाराहरु मात्रै
पूर्णविराम हुन्छन्  दाम्लाहरु र बेरिने गलाेसमेत    ।।
                 ------------







डा. नविनबन्धु पहाडी (दाहाल)

0 comments:

Post a Comment

 

नविनबन्धु पहाडी (दाहाल) का साहित्यिक चौतारी