प्रेम
एउटा बाच्छी
चरनमा गएकी माउकाे प्रतीक्षामा अाेकल्छे हब्बा
एउटी माउ खाली पेट
कचाैडामा चर्केकाे दूध बाेकेर
हुङ्कार्छे अामा
र फर्कन्छे चरनबाट सम्झिएर बाच्छाबाच्छी
एउटा पाेथी पङ्ख फिजारेर
अाफू छाेपिरहन्छे चल्ला
र चल्लाहरु सुरक्षाकाे उत्तम चक्रव्युहमा खेलिरहन्छन् प्यारकाे न्यानेा
बैशकाे परेलामा एउटी युवती
हिमालाकाे चिसाे सिराेटाे बाेकेर मनभरि
मरुभूमिकाे अाैडाहा खेपिरहन्छे मध्यरात
पतिकाे पसिना पुछिरहन्छे सपनामा
र निथ्रुक भिजाउछे सिरानी
एउटा बालक साथीकाे डरले
दाैडेर अाउछ बाबुकाे छातीमा
र सम्झन्छ संसारकै ठूलाे कवचमा छु
उहीँ बच्चा खेलेर अामाकाे काखमा
टाँसिन्छ
र दन्त्यकथाकाे
राक्षसबाट त्राणकाे लामाे निश्वास फेर्छ
महाेदय!
अझै साेध्नुहुन्छ मलाई प्रेमकाे परिभाषा !!!
0 comments:
Post a Comment